Follow us: Youtube Android App
अब चलचित्र छायांकनका लागि प्रहरी सामग्री एकै थलोबाट
२२ साउन २०७८

काठमाडौं । नेपाली चलचित्र, टेली चलचित्र, म्युजिक भिडियो, विज्ञापन आदिका कलाकारका लागि छायांकनमा आवश्यक प्रहरीसम्बन्धी सम्पूर्ण सामग्री सहुलियतमा नेपाल प्रहरीले प्रदान गर्ने भएको छ । प्रहरीको भूमिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकद्वार प्रणालीबाट प्रहरीले सिनेकर्मीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबीच यस विषयमा सहमति भएको हो । लामालाई भेटेर अधिकारीले आफूहरूको समस्या दर्शाएपछि छायांकनका लागि आवश्यक सामग्री एकै स्थानबाट न्यूनतम शुल्कमा प्रदान गर्ने वचन लामाले दिएका छन् ...

समाचार स्रोत :