Follow us: Youtube Android App
तीज गीतमा चम्केकी पातली गायिका कला लम्साल
२८ साउन २०७८

चुरोटै खिली भेना फिलिली
साइलोसँग साटेर, जिनको पएँट काटेर
पानको बुट्टा टाँसेको, लाजैले मरें, मै मुर्छा परें
ढम्मढम्म ढोलाके
मैलाई हेरी होलाके, झिल्के भेना हाँसो…

यतिबेला यो तीजभाका निकै चर्चामा छ । यो गीतलाई गायिका कला लम्सालले गाएकी हुन् । कलाको यो पातली शृंखलाको तेस्रो गीत हो । यसअघिका पातली शृंखलाका गीतहरू हिट भएपछि उनले यही शृंखलालाई निरन्तता दिएकी रहिछन् । यसअघि पातली शृंखलाकै ‘चमेली फूल मौरीका हुल…’, ‘ऐना हेरी हेरी…’ जस्ता दुईवटा शृंखला उनले ल्याएकी थिइन् । यतिबेला तेस्रो शृंखला झिल्के भेना (पातली–३) टिकटकदेखि सामाजिक सञ्जालमा निकै भाइरल छ । यो गीत तीन साताअघि रिलिज भएको हो । कला लम्सालकै अफिसियल च्यानलमा यो गीतले अहिलेसम्म ६ लाखभन्दा बढी भ्युज पाइसकेको छ ...

समाचार स्रोत :