Follow us: Youtube Android App
‘खै त तिम्रो बुट्टे सारी’
१ भदौ २०७८

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन् । सूर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा तयार पारिएको हो । गायक लामाको आधिकारिक च्यानल ’प्रदिप लामा अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ...

समाचार स्रोत :