Follow us: Youtube Android App
छोरा आर्यन पक्राउको असर : बाइजुसले रोक्यो अभिनेता शाहरुख खानका सबै विज्ञापन
२३ असोज २०७८

लागुऔषध अभियोगमा छोरा आर्यन खान पक्राउ परेको असर अभिनेता शाहरुख खानको पेसामा पर्न थालेको छ।

लर्निङ एप BYJU'S (बाइजुस) ले बलिउड अभिनेता शाहरुखका सबै विज्ञापनमा रोक लगाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार यति मात्र होइन, शाहरुखका प्रि–बुकिङ एड पनि रिलिज गरिरहेको छैन।  

साहरुख खानको प्रायोजन सम्झौतामा बाइजुस सबैभन्दा ठूलो ब्रान्ड थियो। यो ब्रान्ड इन्डोर्स गरेबापत शाहरुखले बर्सेनि ३ देखि ४ करोड रुपैयाँ (भारतीय) कमाउँथे। उनी सन् २०१७ देखि यो कम्पनीको ब्रान्ड एम्बेस्डर हुन् ...

समाचार स्रोत :