Follow us: Youtube Android App
कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक
२१ कात्तिक २०७८

काठमाडौं । ख्याति प्राप्त स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् ।

‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । सबैको मनमुटुमा बस्न सफल गायक कुमार कान्छाको अन्तिम निशानीको रुपमा संगीतकार आलोकश्रीले यो गीत ल्याएका हुन् ।

शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा प्रेमीकाको प्रसंसा गर्दै प्रेमीले उनीलाई खोज्ने आफ्नो मनको भावना ब्यक्त गरेका छन् ...

समाचार स्रोत :