Follow us: Youtube Android App
इराकसँग नेपालको अग्निपरीक्षा
१५ जेठ २०७८

काठमाडौं l नेपालले शनिबार एसियाली पावर हाउस इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ। इराकको बसरास्थित अन्तर्राष्ट्रिय मैदानमा नेपालले २० वर्षपछि घरेलु टोलीसँग फुटबल खेल्न लागेको हो। नेपाल र इराकबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ। मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय टोली इराक पुगिसकेको छ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले माथिल्लो वरीयताको इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। इराक पनि फिफा विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्ने तयारीमा छ। फिफाको पछिल्लो वरीयतामा इराक ६८औं स्थानमा छ भने नेपाल एक सय ७१औं स्थानमा छ।

नेपाल र इराक चौथो पटक भिड्न लागेका हुन्। यसअघि भएका तीनवटै भेटमा इराकले जित निकालेको छ। नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो। एसियन गेमअन्तर्गत भारतको नयाँ दिल्लीमा भएको भेटमा इराकले ३–० गोलकोजित निकालेको थियो।यसैगरी सन् २००१ अप्रिल १४ मा इराकमै भएको दोस्रो भेटमा भने नेपाल ९–१ गोलले पराजित भएको थियो। उक्त खेलमा नेपालकानीराजन रायमाझीले एक गोल गरेका थिए।यसैगरी सन् २००१ मै फिफा विश्वकप छनोटको खेलमा नेपाल इराकसँग ४–२ गोलले पराजित भएको थियो। उक्त भिडन्तमा नेपालका हरि खड्का र नीराजन रायमाझीले एक/एक गोल गरेका थिए ...

समाचार स्रोत :