Follow us: Youtube Android App
महामारीको छायामा टोकियो ओलम्पिक आजदेखि
८ साउन २०७८

टोकियो । ओलम्पिकमा नयाँ–नयाँ कीर्तिमान राख्ने अपेक्षासहित संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् तर कोभिड संक्रमणले सहरमा दिनदिनै कीर्तिमान बनाएकाले खेलाडीसँगै आयोजक पनि चिन्तित छन् ।

३२ औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । तर, टोकियोमा उस्तो उत्साह छैन, खासमा स्थानीय बासिन्दा त विरोधमा नै छन् । खेलाडीको सुरक्षा र ओलम्पिकको सफलतालाई लिएर ओलम्पिक अधिकारी र जापान सरकार पनि ‘नर्भस’ छन् । किनकि टोकियोमा बिहीबार मात्रै १,९७९ जना संक्रमित भएका छन् । टोकियोमा संक्रमितको यो संख्या ६ महिनायताकै सबभन्दा बढी हो भने संक्रमितको संख्या लगातार वृद्धि भएको ३३ औं दिन । त्यसैले अघिल्लो दिन मात्रै सरकारले ओलम्पिक स्थगित गर्ने सम्भावना अझै समाप्त नभइसकेको बताएको थियो । नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सहरमा निस्कन अहिले घण्टौं लाग्छ ...

समाचार स्रोत :