Follow us: Youtube Android App
खेलकुदको स्तरमै धक्का
२३ साउन २०७८

काठमाडौं : कोरोना भाइरसको महामारीले सिंगो मुलुक आक्रान्त छ। कोरोना भाइरसको चपेटामा अन्य क्षेत्रसँगै खेलकुद क्षेत्र पनि नराम्रोसँग प्रभावित बनेको छ। कोरोना भाइरसको महामारी र निषेधाज्ञाले खेलकुदका गतिविधि प्रभावित मात्र भएको छैन, कतिपय खेलाडी र खेलकर्मी निर्दयी कोरोनाको सिकार पनि बन्न पुगेका छन्। कोरोना भाइरसको दोस्रो लहरपछि डेढ दर्जनभन्दा बढी खेलाडी र खेलकर्मीले ज्यान गुमाइसकेका छन्।

कोरोनाको दोस्रो लहर सुरु भएपछि क्योकुसिन कराते प्रशिक्षक रामजीबहादुर वज्राचार्य, बैजनाथ बाबा यादव, फुटबल प्रशिक्षक बिलबहादुर तामाङ, ए डिभिजन क्लब संकटाका कोषाध्यक्ष जुजुकाजी डंगोल, पूर्व भलिबल खेलाडी विनोदकुमार मण्डल, पारा साइक्लिट प्रैमराज लिम्बू, बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, बुद्धिचालकै फिडे मास्टर विजयकुमार थापा मगर, भारोत्तोलन प्रशिक्षक सकिब अहमद हलवाई, बक्सिङका रेफ्रीजर्ज हरिबहादुर थापा, बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरि जोशी, तेक्वान्दो खेलाडी रामबरुण हलवाई र नेप्लिज तेक्वान्दो एकेडेमीका उपाध्यक्ष दिनेश दाहालले ज्यान गुमाएका छन्। उनीहरू सबैको कोरोनाका कारण निधन भएको हो ...

समाचार स्रोत :