Follow us: Youtube Android App
मेस्सीको रोजाइ ३० नम्बर
२८ साउन २०७८

पेरिस । र्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ३० नम्बरको जर्सी रोजेका छन् । पीएसजीले मेस्सीलाई मंगलबार पार्क डेस प्रिन्सेसमा ३० नम्बरको जर्सी सार्वजनिक गरेका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीमा २ वर्षको सम्झौता गरेका छन् । वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउने मेस्सीलाई एक वर्ष थप्ने विकल्प खुला गरिएको छ । मेस्सीले पीएसजीमा किन ३० नम्बर जर्सी नै रोजे त ? यसमा केही तथ्य छ ।

खासमा मेस्सीले आफ्नो व्यावसायिक खेल करियर सुरु गर्दा क्याटलान क्लब बार्सिलोनामा ३० नम्बरको जर्सीमै खेलेका थिए । बार्सिलोनामा १७ सिजन व्यावसायिक खेल करियरमा मेस्सीले १३ सिजन आइकोनिक १० नम्बरको जर्सीमा देखिए । सुरुवाती चार सिजनमध्ये दुई–दुई सिजन मेस्सीले ३० नम्बर र १९ नम्बरको जर्सी लगाए ...

समाचार स्रोत :