Follow us: Youtube Android App
एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक
५ भदौ २०७८

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो।

यही भदौ १० गतेदेखि काठमाडौं उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन्। त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ।

सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ। एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ। प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ...

समाचार स्रोत :