Follow us: Youtube Android App
ओमानलाई नेपालले दियो १ सय ९७ रनको लक्ष्य, आशिफको ९० रन
२९ भदौ २०७८

काठमाडौं । युवा ब्याट्सम्यान आशिफ शेखको ९० रनप्रेरित नेपालले विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको छ । ओमानको घरेलु मैदान अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्‍यो ।

ओमानी बलरसामु सम्हालिन नसकेको नेपालको एक इन्डबाट लगातार विकेट जाँदा ओपनर आशिफले भने ओडीआई करियरकै पहिलो अर्धशतकीय इनिङ खेल्दै ९० रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि १ सय १२ रनको सामना गरेका आशिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट भए । सोमबार भएको अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट भए । सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा करण केसीले ४८ बलमा २१ रन जोडे । सुशन भारी २ रनमा अविजित रहे ...