Follow us: Youtube Android App
साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित
१९ असोज २०७८

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले श्रीलंकालाई पराजित गरेको छ। नेपालले लगातार दोस्रो जित निकालेको हो।

सोमबार राति सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। श्रीलंकालाई नेपालले साफमा २२ वर्षपछि पराजित गरेको हो। यसअघि श्रीलंकालाई नेपालले सन् १९९९ मा पराजित गरेको थियो।

नेपालका लागि खेलको ३३औं मिनेटमा सुमन लामाले अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको सुरुवातमै अन्जान विष्टले नेपालको अग्रता दोब्बर बनाए। तर श्रीलंकाका मार्विन ह्यामिल्टनले ५७औं मिनेटमा नेपालविरुद्ध गोल फर्काए ...

समाचार स्रोत :