सोमबार अपरान्ह १ बजेदेखि सुरु भएको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन मतदान भयो । संसदमा विश्वासको मत लिनका लागि कम्तिमा १३६ सांसद चाहिन्थ्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ९३ मत मात्रै पाए । एमालेका २८ सांसदले ओलीलाई मत दिएनन् । जसपाको मत पनि ओलीले पाएनन् ।
यसअघि नै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तर, अहिले नेकपा भन्ने दलको मान्यता खारेज भई अहिले नेकपा एमाले र माओवादी केन्द्र पार्टी रहेको र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री अल्पमतमा परेका थिए र उनले विश्वासको मत लिनुपरेको थियो ।
सोमबारको मतदानमा प्रधानमन्त्रीले विश्वासको मत गुमाएसँगै अबको प्रक्रिया के हुन्छ भन्ने धेरैको चासो छ । यही सन्दर्भमा संविधानविद् डा. भीमार्जुन आचार्य, पूर्व महान्यायाधिवक्ताहरु अग्नि खरेल र रमणकुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ ...