Follow us: Youtube Android App
‘यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र भयो’
१५ जेठ २०७८

यथास्थिति र सबै प्रकारका जडतामाथि प्रश्न गर्नु आहुतिको मूल परिचय हो । विचारोत्तेजक विमर्श तथा लेखनका कारण उनलाई बागी चिन्तक समेत मानिन्छ । राजनीतिकर्मी तथा लेखक आहुति नेपालको गणतन्त्रलाई ‘कामचलाउ गणतन्त्र’ मात्र ठान्छन् ।

आहुति भन्छन्, ‘हिन्दू जात व्यवस्थाको पक्षपोषण गर्ने यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र हो । यसलाई भत्काउनै पर्छ ।’ स्थापनाको १३ वर्ष पुग्दै गरेको नेपालको गणतन्त्रमाथि आहुतिको टिप्पणी झट्ट सुन्दा असामान्य लाग्छ । तर उनका तर्कले अहिलेको गणतन्त्रमाथि एकपछि अर्को प्रश्न उठाउँछ ।

गणतन्त्र दिवस– २०७८ को अवसरमा विश्वभक्त दुलाल (आहुति)सँग गरिएको कुराकानीको संक्षेप :

‘गणतन्त्र’ राजा रहने र नरहने दृश्यमा मात्र सीमित देखिएको हो ?

गणतन्त्रको अर्थ राजा रहने र नरहने कुरामा मात्र सीमित छैन । किनभने राजा सामन्तवादको प्रतीक भएकाले शुरूमा सांस्कृतिक, आर्थिक र राजनीतिक रूपमा राजतन्त्र अन्त्य गर्ने कुरा नै मुख्य थियो । यद्यपि आज विश्वका अधिकांश मुलुकको अवस्था हेर्ने हो भने आफ्नो व्यवस्था टिकाउनकै लागि जस्तो मन लाग्छ त्यस्तो अर्थमा ‘गणतन्त्र’लाई परिभाषित गरिएको छ ...

समाचार स्रोत :