Follow us: Youtube Android App
भागेका ती राष्ट्रपति, देशमै अडिएका यी पूर्वराजा
३ भदौ २०७८

अन्तर्राष्ट्रिय रेडक्रसले १ साउन (०७८) मा अफगानिस्तान, कन्दाहारस्थित स्पिनबोल्डाक सहरको चोकमा रहेको एउटा युवकको शव दक्षिण कन्दाहारस्थित अस्पताल पुर्यायो। १२ वटा गोली लागेका युवकको छातीमाथिको भागमा प्वालैप्वाल थिए।  

शिर पनि सग्लो थिएन। हत्यापछि पनि उनको शवमाथि ट्याङ्क गुडाइएको थियो। त्यही कारण अस्पतालमा पुर्याइएका ती युवकको टाउको कच्याकुचुक देखिन्थ्यो। शिर र छातीमा ट्याङ्कका पांग्राका छाप थिए।

फोटो पत्रकारितातर्फ २०१८ को पुलित्जर पुरस्कार विजेता दानिस सिद्दिकीको थियो, त्यो शव। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको मल्टिमिडिया सेक्सनमा कार्यरत सिद्दिकी त्यस दिन अफगान विशेष सुरक्षा बलका साथ लडाइँको ‘फोटो–भिडिओ रिपोर्टिङ’ गर्न कन्दाहारको स्पिनबोल्डाक पुगेका थिए ...

समाचार स्रोत :