Follow us: Youtube Android App
‘हेर्दै जानुस्, हुरीबताससरी राजसंस्था र हिन्दूराज्यको पक्षमा जनलहर आउँछ’
१६ असोज २०७८

२०७६ फागुन २४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त)बीच एकीकरण गर्ने सहमति भयो । सहमतिका आधारमा अहिलेसम्म राप्रपामा कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् ।

आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षत्रय थापा, लोहनी र राणासहित युवा नेतृत्वले समेत आकांक्षा देखाएका छन् ।

पूर्वपञ्चहरुको बाहुल्य रहेको पार्टीमा दोस्रो पुस्ताका धवल शमशेर राणाले नेतृत्वको दावी गरेका छन् । प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन र विक्रम पाण्डेलगायतका नेताहरूले पनि नेतृत्वका लागि तयार रहेको बताइएका छन् ...