Follow us: Youtube Android App
प्रधानन्यायाधीशसँगै प्रधानमन्त्रीको राजीनामा किन नमाग्ने ?
२४ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जुन आरोपमा राजीनामा दिन दबाब दिइएको छ, त्यही दोष प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गरेको देखिन्छ । जबराले सर्वोच्च अदालतको भाग खोजेर आफ्ना जेठान गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाउन देउवालाई दबाब दिएका हुन् भन्ने आरोप मान्ने नै हो भने पनि यसका प्रमुख दोषी प्रधानमन्त्री देखिन्छन् । तर, प्रधानमन्त्री हमाललाई आफ्नो पार्टी नेपाली कांग्रेसमा अतुलनीय योगदानका कारण मन्त्री बनाएको, कुनै दबाब र भागबन्डाको कुरा होइन भनिरहेका छन्, तर नेपाल बार भने प्रधानन्यायाधीशकै राजीनामामा अड्डी लिएर बसेको छ । यो न्यायिक भएन ।

हमालको मुद्दामा प्रधानन्यायाधीश र प्रधानमन्त्रीको घाँटी जोडिएको छ, विष खाएकै हो भने दुवैलाई समान रूपले असर गर्नुपर्छ । जबरालाई मात्र दबाब दिनु सन्तुलित व्यवहार मान्न सकिन्न । मुलुकमा व्यक्तिवादी, दलीय तथा गुटगत चिन्तनले सीमा नाघेको छ । कसैले त्यही काम गर्दा सराहनीय हुने तर अर्कोले गर्दा दण्डनीय मानिने प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था नै समाप्त हुने त होइन भन्ने त्रास बढेर गएको छ । यही प्रवृत्तिले निरन्तरता पाइरहने हो भने राजनीतिक ‘कू’ भएमा मलाई कुनै आश्चर्य हुनेछैन ...

समाचार स्रोत :