Follow us: Youtube Android App
इन्धन पाइपलाइनमा ठूलो साइबर आक्रमणपछि अमेरिकामा आपत्काल घोषणा
२७ बैशाख २०७८

न्युयोर्क l मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनको आपूर्ति प्रणालीमा साइबर आक्रमण भएपछि अमेरिकामा आपत्काल घोषणा गरिएको छ । अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो ।

कोलोनियन पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ । अमेरिकाको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत हिस्सा आपूर्ति हुन्छ । शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि पाइपलाइनको मर्मत सम्भार भइरहेको छ ।

आपत्काल घोषणापछि पाइपलाइनको साटो सडक मार्ग हुँदै इन्धनको आपूर्ति गरिने बताइएको छ । बीबीसीका अनुसार यसैका कारण सोमबार इन्धनको मूल्य २–३ प्रतिशत बढ्न सक्नेछ । यदि यसलाई छिटै मर्मत नगरिए यसको व्यापक असर निम्त्याउने पनि बताइएको छ ...

समाचार स्रोत :