Follow us: Youtube Android App
बजेटले इन्टरनेट सेवालाई लोप्पा देखाएजस्तो भयोः अध्यक्ष पराजुली
१७ जेठ २०७८

काठमाडौं । इन्टरनेट सेवाप्रदायकका लागि सरकारले ल्याएको बजेट लोप्पा ख्वाए जस्तो भएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले प्रतिक्रिया दिएका छन् । बजेट मन्तव्य सकिएलगत्तै टेकपानासँग संक्षिप्त कुराकानी गर्दै उनले इन्टरनेट सेवाप्रदायकका लागि बजेट सोचे अनुरुप नरहेको बताए ।

‘हामीले इन्टरनेट सेवामा लाग्दै आएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) हट्ने आश्वासन पाएका थियौं,’ उनले भने, ‘तर बजेट मन्तव्यका क्रममा त्यो विषय कतै सुनिएन । यस हिसाबले आईएसपीका लागि यो बजेटले केही पनि राहत नदिएको जस्तो महसुस भएको छ ।’

यस्तो कोभिडको महामारीको समयमा यसको यतिधेरै महत्व देख्दादेख्दै पनि इन्टरनेटका उपभोक्तालाई बजेटले कुनै पनि किसिमले सम्बोधन गर्न नसकेको उनको भनाई थियो । ‘यस्तो महत्वपूर्ण सेवाको  विषयमा केही पनि नसोचिएको देख्दा बजेटले हामीलाई निरास बनाएको छ,’ उनले भने, ‘झट्ट हेर्दा यो चुनावी बजेटको जस्तो देखिन्छ ...

समाचार स्रोत :