Follow us: Youtube Android App
वारेन बफेटसँग मिलेर नेट्रियम न्युक्लियर प्लान्ट बनाउँदै बिल गेट्स
२३ जेठ २०७८

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यसै हप्ता ऊर्जासँग सम्बन्धित आफ्नो नयाँ पाइलट प्रोजेक्ट ‘नेट्रियम’ को बारेमा परिचय दिँदै भनेका थिए, ‘ऊर्जाको क्षेत्रमा यो एक अहम मोड हो’ । गेट्सले एउटा नयाँ प्रकारको आफ्नो न्युक्लियर पावर प्लान्टलाई ‘नेट्रियम’ नाम दिएका छन् । उनले यसको पेटेन्ट पनि लिइसकेका छन् ।

बिल गेट्स यो परियोजनाका लागि वारेन बफेटको साथमा मिलेर काम गरिरहेका छन् । जसका लागि उनीहरुले करोडौं रुपैयाँ लगानी गरिरहेका छन् । यो प्लान्ट अमेरिकाको अमेरिकाको व्योमिङ राज्यमा बनाउन लागिएको छ, जुन देशकै सबैभन्दा ठूलो कोइला उत्पादक हो । यो परियोजना जलवायु परिवर्तन विरुद्धको लडाईंमा बारम्बार प्रयोग गरिने नवीकरणीय ऊर्जालाई बढावा दिने लक्ष्यको एउटा हिस्सा हो ।

परमाणु ऊर्जा र नवीकरणीय ऊर्जा भलै विरोधाभाष लाग्छ । तर केही क्षेत्रमा यी सानो तथा आधुनिक प्रतिक्रियालाई ग्रिनहाउस ग्याँसको उत्सर्जन घटाउन तथा हावा तथा सौर्य ऊर्जाको कमीको दौरान बिजुलीको आपूर्ति गर्नका लागि अहम् प्रविधि मानिन्छन् । यो परम्परागत इन्धनभन्दा भिन्न अलग अलग इन्धनमा चल्ने गर्दछ ...

समाचार स्रोत :