Follow us: Youtube Android App
महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने एमालेको निर्णय
१२ कात्तिक २०७८

काठमाडौं । नेकपा एमालेको आफ्नो आसन्न १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेको हो ।

एमाले प्रवक्ता तथा पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठकअघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो । यो विद्युतीय भोटिङ मसिन रामलक्ष्मण इनोभेसनले तयार पारेको हो ।

२०६८/०६९ सालमै राम लक्ष्मण रिमाल दाजुभाइले नेपालमै पहिलो पटक विद्युतीय भोटिङ मसिन बनाएका थिए । आफूहरूले बनाएको उक्त मसिन अन्तर्राष्ट्रिय स्तरको भएको उनीहरूको दाबी छ ...

समाचार स्रोत :