काठमाडौँ । बैंक तथा वित्तीय कम्पनीहरू यतिबेला लगानी र असुलीको दोहोरो चेपुवामा परेका छन् । वित्तीय खातामा तरलता (निक्षेप/पुँजी) बढ्दै गएपनि बैंकहरूले न आफू खुसी लगानी बढाउन सकेका छन् न त गरेको लगानी नै उठाउन ।
केन्द्रीय बैंकको पछिल्लो वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्ममा बैंकहरूको खराब कर्जाको दर (एनपीएल) ३.७३ प्रतिशत पुगेको छ । यो भनेको औसत १ खर्ब ८९ अर्ब ९५ करोड रुपैयाँ बराबरको बैंकहरूको लगानी उच्च जोखिममा परेको हो ।
आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय कम्पनीहरूले ६१ खर्ब ३१ अर्ब ६ करोड निक्षेप सङ्कलन गर्दै यता ५० खर्ब ८२ अर्ब ८२ करोड कर्जा लगानी गरेका छन् ।
खासगरी कोभिड–१९ को ‘साइड इफेक्ट’ तीन वर्षपछि विश्व अर्थतन्त्रमा पर्दै गर्दा यसको प्रभाव नेपालमा समेत पर्न गएको छ । थप, पछिल्लो पटक खाद्यान्न, तेल तथा ग्यासको भण्डारणकै रूपमा रहेका शक्ति राष्ट्र रुस र युक्रेनबिचको तनावले समेत विश्वको अर्थतन्त्र प्रभावित बनिरहेको छ । यसैको प्रभाव पछिल्लो पटक नेपालले समेत तीव्र आर्थिक मन्दीको सामना गर्नुपर्यो ...