काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए-२१) परिपूरण बैठकको समापन गरेका छन्।
चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन्। बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरू सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए।
दसकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आइडीए मुलुकहरूका लागि बैठक उपलब्धिमूलक भएको उल्लेख गरे। बैठकले संसारभरबाट गरिबी र अविकाश अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिए । ‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरूका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौं भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्दछु’, उनले भने, ‘तपाईंहरूले अविकसित मुलुकहरूका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ...