चीनको स्वशासित क्षेत्र तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाको अमेरिका भ्रमणको अवसर पारेर अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिजाङ (तिब्बत) सम्बन्धी एक कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
आगामी जुलाई ६ देखि ८९ वर्ष पुग्दै गरेका दलाई लामा अमेरिकामै जन्मदिन मनाउने गरी आइतबार अमेरिका पुगिसकेका छन्। उनको यो भ्रमणलाई अमेरिकाको आगामी राष्ट्रपतीय चुनावको नतिजा आफ्नो पक्षमा पार्न एउटा एजेण्डा बनाउने प्रयासमा राष्ट्रपति बाइडेन रहेको कतिपयले टिप्पणी गरेका छन्।
राष्ट्रपति बाइडेनले यसपटक दलाई लामालाई औपचारिक रुपमा आफ्नो कार्यकक्ष ‘ओभल अफिस’मै भेटेर तिब्बत मामिला चर्काउनसक्ने सम्भावना रहेको चर्चा पनि चलिरहेको छ। यसअघि कतिपय अमेरिकी राष्ट्रपतिहरुले लामालाई निजी ‘म्याप रुम’मा भेट्ने गरेका थिए ...