Follow us: Youtube Android App
दुई दातृ निकायको सहयोगमा ३५ सय विद्युतीय बस थप्ने योजना, १०० चार्जिङ स्टेसन बनाइने
१९ साउन २०८१

नेपालमा निजी विद्युतीय गाडीको प्रयोग बढिरहेका बेला सार्वजनिक यातायातमा पनि दुई दातृ निकायले सरकारलाई बल दिने भएका छन्।

जर्मन सहयोग नियोग (जीआईजेड) र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युड (जीजीजीआई)ले नेपालमा विद्युतीय सार्वजनिक यातायातमा संयुक्तरूपमा लगानी गर्नलागेका हुन्।  

सार्वजनिक यातायातमा विद्युतीय साधन बढाउने उद्देश्यले नेपालमा ३५ सय विद्युतीय बस गुडाउने प्रक्रिया अघि बढाइएको हो। विद्युतीय बससँगै १०० वटा फास्ट डीसी चार्जर बनाउन टेन्डर आह्वान गरिएको छ।

गाडी आपूर्तिकर्तालाई सर्ट लिस्टको लागि जीजीजीईले गरेको टेन्डरअनुसार अगस्ट ९ सम्म सहभागी हुन पाइनेछ। ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’को लागि विद्युतीय मिनी र माइक्रो बस बिक्रेता सहभागी हुन पाउनेछन् ...

समाचार स्रोत :