काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । पछिल्लो समय देशमा देखापरेको राजनीतिक अस्थिरताको असर घरेलु नीतिमा मात्र नभएर हाम्रो विदेश सम्बन्धमा समेत परिरहेको थापाको विश्लेषण छ । खासगरी देशमा सरकार परिवर्तन भएपिच्छे राजदूतहरू फिर्ता बोलाउने र हेरफेर गर्ने प्रचलनले नेपालको अन्तरराष्ट्रिय छवि कस्तो बनाइरहेको छ ? नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारले मुलुकको परराष्ट्र नीति र प्राथमिकता स्पष्ट गर्न सक्ला ? आर्थिक प्राथमिकताहरू स्पष्ट गर्न सक्ला ? विशेषतः सरकारले पछिल्लो समयमा राजदूतहरूलाई फिर्ता बोलाउने, नयाँ राजदूतहरू नियुक्त गर्ने अथवा कसैलाई थमौती गर्ने जे–जस्ता निर्णयहरू गरिराखेको छ, यसबारे पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग रेडियो क्यानडिडका लागि कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
पूर्वपरराष्ट्रमन्त्री थापाको नजरमा विदेशी राष्ट्रहरूले नेपालका राजदूतहरूलाई नपत्याउने अवस्था सिर्जना भएको छ । प्रारम्भिक दिनका निर्णय प्रक्रियाहरू हेर्दा आफ्नो प्राथमिकतामा सरकार स्पष्ट भएको देखिन्छ कि देखिँदैन ?
सरकार भर्खरै गठन भएको छ । त्यसैले अहिले नै नकारात्मक टिप्पणी गर्नु हुँदैन । मौद्रिक नीति उद्योग व्यवसायलाई संरक्षण गर्ने हिसाबले ल्याएको राम्रो हो । राम्रो सुरुवात पनि गरेको छ ...