काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङ परीक्षणका लागि पानी काठमाडौं पठाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मेलम्ची खानेपानी आयोजनाको मुहानमै पुगेर स्विच थिचेर पानी सुरुङमा पठाएका हुन् । ढकालका अनुसार सुरुङको परीक्षणका लागि आज पानी पठाइएको हो । उक्त पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौं पुग्ने प्रजिअ ढकालले बताए । मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ ...