Follow us: Youtube Android App
आज प्रचण्ड-नेपाल समूहकाे नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने
९ माघ २०७७

नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा नौ स्थानबाट बृहत् जुलुस निकाल्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।


जसअनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी भएको जानकारी दिँदै उसले समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई निर्देशित गरेको छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ...

समाचार स्रोत :