Follow us: Youtube Android App
युरोपियन युनियन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो
२९ माघ २०७७

नेपाल र युरोपियन युनियन (ईयू) लामो समयदेखि साझेदारी गर्दै आएका मित्र हुन् । ईयू नेपालको एउटा महत्वपूर्ण विकास साझेदारका रूपमा पनि रहेको छ ।

नेपालको विकासलाई प्राथमिकताका साथ सहयोग गर्दै आएको ईयूले नेपालले अतिकम विकसित मुलुकबाट बाहिर निस्किन लिएको लक्ष्यलाई पनि सहयोग गर्ने जनाएको छ, अझ भनौँ सहयोग गर्दैछ ।

यसै प्रसङ्गमा खबरहबका ईश्वरदेव खनाल र रेडियो क्यानडिड ९२.७ मेगाहर्जकी कविता श्रेष्ठले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेजसँग दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी गरेका छन् ।

तपाईं नेपालमा आएको ६ महिना बितिसकेको छ । अहिले नेपालमा राजनीतिक अस्थिरता छ । यस्तो अवस्थामा नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?

म नेपालमा ईयूलाई प्रतिनिधित्व गर्न पाउँदा ज्यादै गौरवान्वित महसुस गर्छु । नेपालको संविधानको रक्षकका रूपमा रहेको सर्वोच्च अदालतले दिने निर्णयबारे अनुमान लगाउन सक्ने अवस्थामा म छैन ।

ईयू विगत ६ दशकदेखि नेपालको विकास साझेदारका रूपमा रहँदै आएको छ । पछिल्लो समय ईयूले राजनीतिक साझेदार पनि बन्ने इच्छा राखेको कुरा आइरहेको छ । नेपाली जनताले यो विषयलाई कसरी बुझ्ने ?

निश्चय पनि ईयू लामो समयदेखि र निरन्तर रूपमा नेपालको विश्वासिलो र भरपर्दो साझेदार मित्रका रूपमा रहेको छ । हामी यसलाई निरन्तरता दिन चाहन्छौँ । नेपाल अति कम विकसित देशको सूचीबाट माथि उठ्दै गरेको अवस्थामा हामी साझा प्राथमिकताका क्षेत्रमा मिलेर अघि बढ्न चाहन्छौँ । नेपालले पनि महत्वाकांक्षा राखेको हरित विकासमा हामी मिलेर अघि बढ्न चाहन्छौँ ।

हामी नेपालको यो महत्वाकांक्षा प्राप्तिका लागि सहयोग गर्न चाहन्छौँ । हामी नेपालको विकास साझेदार हुनुको साथै आर्थिक सहायता पनि गर्छौं । यसबाट अलिकति माथि उठेर विश्वमा देखा परेका वैश्विक चुनौतीको सामना गर्न पनि मिलेर अघि बढ्न चाहन्छौँ ...

समाचार स्रोत :