Follow us: Youtube Android App
वैकल्पिक सरकार गठनको कुरा आए प्रधानमन्त्रीमा जसपाकै दाबी रहन्छ: राजेन्द्र महतो
२३ चैत्र २०७७

जनता समाजवादी पार्टीका वरिष्ठ नेता  राजेन्द्र महतोले वैकल्पिक सरकार बनाउने परिस्थिति आए आफ्नै पार्टीले नेतृत्व दाबी गर्ने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका जसपाका प्रभावशाली नेता महतोले आफ्नै नेतृत्वमा सरकार बनाउने भनी नेपाली कांग्रेसले गरेको एकल निर्णय मान्य नहुने समेत बताए।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय शुक्रवार गरेको थियो ।

कांग्रेसको निर्णयपछिको राजनीतिक परिस्थिति, भावी सत्ता समीकरण, सरकारसँग भइरहेको वार्ता लगायतका विषयमा लोकान्तरकर्मी अजय  अनुरागीले महतोसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अग्रसरता लिने निर्णय गरेको छ। यदि कांग्रेसको नेतृत्वमा सरकार बनाउने हो भने जसपाको साथ अनिवार्य हुन जान्छ । कांग्रेसको निर्णलाई तपाईंहरूले कसरी लिनुभएको छ ?

नेपाली कांग्रेस पार्टीको एकल निर्णय हो त्यो। हामीसँग सल्लाह नगरी गरिएको त्यो एकल निर्णयको कुनै अर्थ छैन ।

नयाँ सरकार निर्माणका सम्बन्धमा हामीसँग सल्लाह नै नगरी गरिएको निर्णयमा हाम्रो कुनै सरोकार नै हुँदैन। त्यसमा कुनै टिप्पणी पनि छैन। सरकार बनाउने निर्णय दलहरूबीच सहमतिको आधारमा गरिनुपर्थ्यो।

सरकारको नेतृत्व त जसले पनि गर्न सक्छ नि, फलानैको नेतृत्वमा हुन्छ भन्ने कुरा हुँदैन । नेपाली कांग्रेसको निर्णयानुसार हामीले सोच्नुपर्ने अवस्था छैन।

कांग्रेसले तपाईंहरूसँग कुनै पनि परामर्श गरेको छैन त ? ...

समाचार स्रोत :