Follow us: Youtube Android App
प्रधानमन्त्री र विप्लवबीच फेरि भेट, बन्दी नछुटेकोमा असन्तुष्टि
५ बैशाख २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन् ।

भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अनलाइनखबरलाई बताए ...

समाचार स्रोत :