Follow us: Youtube Android App
स्थानीय तहमा कोरोनाको नाममा व्यापक अनियमितता : खर्च देखिन्छ, काम देखिँदैन !
१४ बैशाख २०७८

कोरोनाभाइरस (कोभिड–१९)को नाममा स्थानीय तहहरुमा अनियमितता थप बढेको महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक अध्ययनले देखाएको छ ।

 स्थानीय तहहरु अनियमितताको अखडा बनेको यसअघि कै महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्याएको थियो । तर, यस पटक अनियमितता गर्ने माध्यम कोरोना देखिएको कार्यालयका फिल्डमै अडिटका लागि खटिएका एक अधिकारीले रातोपाटीलाई बताए ।  ती अधिकारीका अनुसार बिलमा प्रशस्तै खर्च देखिएको छ तर खर्च गरिएको सामानहरु छैन । उनले भने, ‘के–के मा खर्च भयो भनेर सोध्दा खाना, क्वारेन्टिन, बिछ्याउना, भाडामा खर्च भएको बताउँछन् । संक्रमितले प्रयोग गरेको भएर ती सामान नष्ट गरिएको भनिन्छ । संक्रमितले प्रयोग गरेको भनेपछि खोतल्ने कुरा पनि भएन । यसमा व्यापक अनियमितता भएको देखिन्छ ।’

गत वर्षको चैत–वैशाखमा स्थानीय तहले वडाबाट चामल, तेल बाँडेर त्यसमा अस्वाभाविक खर्च देखाएको ती अधिकारीले बताए । उनले थपे, ‘विपत्ति कोषमा पैसा हुन्जेल चामल तेलको विल बनाएर अन्यत्र खर्च गरे, अहिले कोषमा पैसा नभएपछि उनीहरु चुप लागेर बसेका छन् । आफ्नो आन्तरिक स्रोतबाट दिने कुनै पहल छैन ...

समाचार स्रोत :