Follow us: Youtube Android App
वैशाख २७ गते संसद्‍को अधिवेशन बोलाउन सिफारिस
१९ बैशाख २०७८

काठमाडौं l सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । संसद्को बर्खे (बजेट) अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन आह्वास गर्ने र विश्वासको मत लिने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आन्तरिक हवाई उडानसमेत बन्द गर्ने निर्णय गरेको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले अन्य सवारी आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ...

समाचार स्रोत :