Follow us: Youtube Android App
एकाएक रोकिए देउवा
२७ बैशाख २०७८

काठमाडौँ l एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तय भएपछि आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा दुई दिनयता निकै उत्साहका साथ सक्रिय भएका थिए । खनाल–नेपाल पक्षका २०/२२ सांसदले राजीनामा दिँदा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले असहयोग गरे पनि सहजै बहुमत पुग्ने देउवाको बुझाइ थियो ।

त्यही हिसाबले शनिबार पार्टीको संसदीय दलको बैठकमा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसरी पनि विस्थापन गर्नुपर्ने धारणा राखे । बैठक चल्दाचल्दै उनी सरकार निर्माणका लागि छलफल छ भन्दै निस्किए पनि ।

माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबीच विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले ओलीलाई नै संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्न सक्ने अड्कलबाजी चलेको थियो । त्यसलाई रोक्न तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने पक्षमा माओवादी केन्द्र र जसपाको यादव पक्षको बढ्ता जोड थियो । प्रधानमन्त्रीले विश्वासको प्रस्ताव राखिसकेपछि अविश्वास प्रस्ताव दर्ता गर्दा कानुनी जटिलता निम्तिन सक्ने भन्दै कांग्रेसले त्यसो नगरी बहुमत सांसदको हस्ताक्षरसहित पत्र बोकेर शीतल निवास जानुपर्ने तर्क गरेको थियो । त्यसैमा सबै सहमत थिए । जब बिहान देउवाले जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई निवासमै बोलाएर छलफल गरे, त्यसपछि भने उनी झस्किए ...

समाचार स्रोत :