Follow us: Youtube Android App
अल्टिमेटम सकियो, जुटेन ओली र नेपाल पक्षबीच सहमति
२७ बैशाख २०७८

काठमाडौँ l नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम' दिएकोमा दुवै पक्षबीच थप सहमति जुट्न सकेको छैन ।

आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरूको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको थियो ।

केपी ओलीका तर्फबाट अहिलेसम्म कुन‌ै जवाफ नआएको नेपाल पक्षका एक नेताले बताए । उनका अनुसार हिजोदेखि सोमबार बिहानसम्म ओलीसँग नेपाल पक्षका कुनै नेताको भेट भएको छैन । यद्यपि दोस्रो तहका नेताबीच फोनमा कुराकानी भएको उनले बताए । ती नेताका अनुसार सहमति प्रयासकै लागि अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल बालुवाटार गएका छन् । ‘जसरी पनि मिलाउने प्रस्ताव ल्याउनुस्, के हो प्रस्ताव भनेका छौं,’ उनले भने ...

समाचार स्रोत :