Follow us: Youtube Android App
राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने ओलीको तयारी
२७ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएर तुरुन्तै पुनःनियुक्ति लिने तयारी गरेका छन्।

पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११/१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन् ...

समाचार स्रोत :