काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको तेस्रो देश बनेको छ ।
‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ ।
यो महत्वपूर्ण सफलतापछि चिनियाँ राष्ट्रपति सी जिनफिङले विशेष सन्देशमार्फत् चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुलाई बधाई दिएका छन् ...