Follow us: Youtube Android App
पीसीआर परीक्षण दोब्बरले घटाएर संक्रमित कम देखाउँदै सरकार, संक्रमणदर अझै उच्च विन्दुमा
१६ जेठ २०७८

काठमाडाैं l गत वैशाख तेस्रो सातायता नेपालमा हरेक दिन करिब आठ हजार संख्यामा कोरोना संक्रमित थपिँदै आएका थिए। दैनिक पीसीआर परीक्षण संख्या करिब २० हजार हाराहारी हुँदा सातदेखि साढे नाै हजारसम्म नयाँ संक्रमित पहिचान भएका थिए।

वैशाख २८ गते एकै दिन हालसम्मकै सबैभन्दा बढी, नाै हजार ४८३ संक्रमित थपिएको तथ्यांक छ। उक्त दिन २० हजार ५९६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो।

आइतबार जम्मा तीन हजार ७०२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उक्त तथ्यांकले कोरोना संक्रमणदर ह्वात्तै घटेको हो कि भन्ने देखाउँछ ...

समाचार स्रोत :