Follow us: Youtube Android App
एमालेलाई जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने ओलीको प्रस्ताव सकारात्मक : वामदेव गौतम
२६ जेठ २०७८

नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सकारात्मक रहेको बताएका छन् । तर वक्तव्यमा ओलीले आत्मप्रंशसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोग गरेकाले आशंका गर्न सकिने ठाउँहरु भने रहेको बताएका छन् ।

‘एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समिति’ को बसेको भनिएको बैठकपछि मंगलबार गौतमले एक विज्ञप्ति जारी गर्दै एकताको पक्षमा उभिनेहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय भने अनुचित रहेको बताएका छन् ।

‘अध्यक्षले वक्तव्यमा आफ्नैप्रंशसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।” भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ’, गौतमको विज्ञप्तिमा भनिएको छ, ‘ तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ ...

समाचार स्रोत :