वीर अस्पतालमा भर्ना भएका बिरामीलाई दिँदै आएको खाजा कटौती गरेकोबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो।
साथै, अन्तरिम आदेशका लागि अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।
सरकारले वीर अस्पतालमा भर्ना भएका बिरामीलाई वर्षौंदेखि दिँदै आएको खाजा बजेट अभाव देखाएर यसवर्षदेखि कटौती गरेको छ। त्यसविरुद्ध अधिवक्ता विमल पोखरेलले पुस १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ...