Follow us: Youtube Android App
वस्तु बिक्रीका नाममा नेटवर्किङ धन्दा
३१ भदौ २०७८

काठमाडौँ । वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिएका कम्पनीहरूले ऐनविपरीत कारोबार गरिरहेको प्रारम्भिक अध्ययनले देखाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ कम्पनीमा छापा मारी संकलन गरेको कागजात र कारोबारको अध्ययनले ती कम्पनीहरूले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ को उद्देश्यविपरीत काम गरेको पाइएको निष्कर्ष निकालेको हो ।

‘गत वर्ष करिब ७ वटा कम्पनी र ३ महिनाअघि २ कम्पनीले इजाजत पाएका थिए । ऐनमा वस्तुको प्रत्यक्ष बिक्रीको उद्देश्य स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आर्थिक गतिविधि बढाउने, आयात प्रतिस्थापन गरी सर्वसुलभ मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराउनु थियो,’ विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘यहाँ त्यसको उल्टो देखियो । स्वदेशी उत्पादन, संकलन, प्रशोधन गरेको देखिएन । कम्तीमा ५० प्रतिशत स्वदेशी बेच्नुपर्नेमा त्यो पनि भएको छैन । त्यसो नहुँदा स्वदेशी वस्तुको प्रवर्द्धन कसरी भयो ? रोजगारी सिर्जना कहाँ भयो ? त्यसैले ऐनको उद्देश्यभन्दा फरक हो कि भन्ने देखिन्छ ।’

ऐनमा तोकिएको जस्तो नेपाली उत्पादन प्रस्टसँग बिक्री गरेको नपाइएको पौडेलले बताए । पछिल्लो २ सातायता विभागले नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, ग्लोबल ओरियन्स प्रालि, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर मार्ट्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, अपी लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिको कार्यालयमा अनुगमन गरेर कागजात नियन्त्रणमा लिएको थियो । त्यस क्रममा कम्पनीहरूले बिक्री गरेका वस्तुको आय–व्यय विवरण, बैंक इस्टेटमेन्ट, बिक्री गर्न राखेका केही नमुनाहरू ल्याएर विभागले अध्ययन सुरु गरेको थियो ...

समाचार स्रोत :