Follow us: Youtube Android App
अहिलेसम्मकै ठूलो ऊर्जा संकटको संघारमा भारत
२४ असोज २०७८

 काठमाडौं । भारत अहिलेसम्मकै सबैभन्दा ठूलो ऊर्जा संकटको संघारमा देखिएको छ । अहिले भारतको १३५ ओटा कोइलामा आधारित प्लान्ट पर्याप्त कोइलाको अभावमा धुवाँको भरमा चलिरहेका छन् ।

भारतको ७० प्रतिशत विद्युत् कोइलाबाट उत्पादन हुन्छ । त्यसैले पछिल्लो समय देखिएको कोइला संकट गम्भीर चासोको विषय बन्न पुगेको छ । यसले कोरोना महामारीबाट फर्किएर भारतको अर्थतन्त्र सही लयमा फर्किने योजनालाई धक्का पुग्ने अनुमान गरिएको छ ।

यस्तो किन भइरहेको छ ?

यो संकट धेरै महिनादेखि उत्पन्न हुन थालेको हो । कोरोना महामारीको दोस्रो लहरपटि भारतको अर्थतन्त्रमा सुधार देखियो र बिजुलीको माग अचानक बढ्यो । पछिल्लो दुई महिनामा भारतमा बिजुलीको माग २०१९ को तुलनामा १७ प्रतिशतले बढ्यो । यो अवधिमा विश्वभर कोइलाको भाउ पनि ४० प्रतिशत बढ्यो । जबकी भारतको कोइला आयात भने दुई वर्षमा घट्दो क्रममा छ ...

समाचार स्रोत :