Follow us: Youtube Android App
राष्ट्र बैंकको हस्तक्षेपपछि निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा कम
४ कात्तिक २०७८

काठमाडौँ — नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) नै कायम भएको छ । बुधबार बैंकहरूले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको कात्तिकका लागि निक्षेपको नयाँ ब्याजदर अधिकतम ९.३६ प्रतिशतसम्म छ ।

कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा बैंक तथा वित्तीय संस्थाले प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म बढाउन पाउँछन् । यसका आधारमा कात्तिकका लागि निक्षेपको अधिकतम ब्याजदर ९.८६ प्रतिशतसम्म पुग्ने देखिन्छ । यही तथ्यका आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा कम कायम हुने भएको हो ।

कात्तिक १ देखि लागू हुने गरी बैंकहरूले गत असोजको तुलनामा ३० प्रतिशतसम्मले निक्षेपको ब्याजदर बढाएका थिए । ब्याजदर वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा तीव्र बनेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनअनुसार बुधबारसम्म सबै बैंकहरूले निर्देशित सीमाभित्र रहेर नयाँ ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार बैंकहरूको अधिकतम ब्याजदर ९.३६ प्रतिशतसम्म छ ...

समाचार स्रोत :