Follow us: Youtube Android App
ओलीको इसारा पर्खंदै आकांक्षी
६ मंसिर २०७८

काठमाडौँ — १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने एमालेको दसौं राष्ट्रिय महाधिवेशन सुरु हुन चार दिनमात्रै बाँकी छ । पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन् । उपाध्यक्ष भीम रावलले अध्यक्षमा लड्ने घोषणा गरेका छन्, बाँकी सबै नेता मौन छन् ।

एक पदाधिकारीका अनुसार महाधिवेशन नजिकिए पनि नेताहरूले औपचारिक रूपमा दाबेदारी पेस नगर्नुका केही रणनीतिक कारण छन् । अधिकांश वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै महाधिवेशन प्रतिनिधि चयनमा पनि त्यही विधि अपनाएको एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय नेतृत्व पनि सर्वसम्मत बनाउने योजनामा छन् ।

एमालेमा अध्यक्ष ओलीसहितको संस्थापन, दसबुँदे सहमति गरेर पार्टीमै बसेका नेता र नेकपा भंग भएपछि एमालेमै बसेका पूर्वमाओवादी गरी मुख्यतः तीन समूह छन् । सबै समूहका नेता व्यक्तिगत र समूहगत रूपमा ओलीसँग भने संवादमा छन् । ओलीनिकट स्थायी कमिटी सदस्यका अनुसार सर्वसम्मत केन्द्रीय नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको योजना कार्यान्वयन सहज बनाउन संस्थापन समूहका नेताहरू दाबीलाई लिएर खुलेका छैनन् । ‘अध्यक्ष केन्द्रीय नेतृत्व पनि सर्वसम्मत बनाउने कोसिसमा हुनुहुन्छ, अहिले हामीले हतारमा आकांक्षा सार्वजनिक गर्दा उहाँलाई टिम व्यवस्थापनमा असहज हुन्छ, यही कारण मौनताको अवस्था देखिएको हो,’ ओलीनिकट ती नेताले भने ...

समाचार स्रोत :