Follow us: Youtube Android App
राष्ट्रिय सभा चुनाव : एमालेलाई अर्को धक्का
७ मंसिर २०७८

काठमाडौँ — संघदेखि प्रदेशसम्मका पाँचवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ ।राष्ट्रिय सभामा एमालेका २३ सदस्य छन् । तीमध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार/चार, कांग्रेसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । रिक्त हुने पदमा आगामी माघ १२ मा निर्वाचन हुँदै छ ।

यो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सहकार्य गर्ने निर्णय गरेका छन् । ‘गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय भइसकेको छ,’ माओवादी नेता लीलामणि पोखरेलले भने, ‘कसले कति संख्या लिने भन्नेचाहिँ निर्णय हुन बाँकी छ ।’ दलहरूबीच अहिले जसको म्याद सकिन्छ, त्यो उसैले लिने सहमति भएको तर एमालेको आठ सिटमा कसले कति लिने भन्ने टुंगो लाग्न बाँकी रहेको कांग्रेसका एक नेताले बताए ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सरकारले माघमा निर्वाचन गर्न लागेको हो । ‘निर्वाचन आयोगले चाँडै कार्यतालिका सार्वजनिक गर्नेछ,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ...

समाचार स्रोत :