Follow us: Youtube Android App
म्याक्रोनले ३४ वर्षीय युवा अटललाई बनाए फ्रान्सको प्रधानमन्त्री
२४ पुष २०८०

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटल (एल) लाई प्रधानमन्त्री नियुक्त गरेका छन् । योसँगै अटल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् ।

बीबीसीका अनुसार अटलले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । उनी समलैंगिक हुन् । यसअघि सन् १९८४ मा लरेन्ट फाबियस ३७ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बनेका थिए ।

यसअघि २० महिने कार्यकाल सकेसँगै एलिजाबेथ बोर्नले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले संसदमा बहुमत जुटाउनको लागि आफ्नो कार्यकालभरी संघर्ष गर्नुपरेको थियो ...

समाचार स्रोत :