Follow us: Youtube Android App
भारत र बेलायतबाहेक अन्य मुलुकको सेनामा भर्ना हुनु गैरकानुनी र राष्ट्रहित विपरीत (ट्राभल एडभाइज
९ माघ २०८०

काठमाडौं : सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै यस्तो बताएको हो।

सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिमा संलग्न भएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो।

पछिल्लो समय भिजिट भिसामा रुस र युक्रेन गई त्यहाँको सेनामा नेपालीहरु भर्ना हुन थालेपछि सरकारले यस्तो बताएको हो। ट्राभल एडभाइजरीमार्फत् त्यसरी विदेशी सेनामा भर्ना हुँदा व्यक्ति स्वयं नै जिम्मेवार हुने उल्लेख छ। गृहले त्यस्ता मुलुकहरूको पूर्ण जानकारी लिएरमात्र भ्रमण गर्न सुझाव दिएको छ...

समाचार स्रोत :