Follow us: Youtube Android App
अनलाइन मिडिया आम मानिसकाे पहिलो राेजाइमा ✅
१७ जेठ २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार छनोट गरिएका १७६ उत्तरदातामध्ये सबैभन्दा बढी ३१.८० प्रतिशत अर्थात् ५६ जना उत्तरदाताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिएको छ ।    


    
 सोहीअनुरmप दोस्रो र तेस्रोमा क्रमशः २४.४० प्रतिशत (४३ जना) सहभागीले सामाजिक सञ्जाल र २२.७० प्रतिशत (४० जना) सहभागीले रेडियोलाई दैनिक सूचनाको निम्ति पहिलो प्राथमिकतामा राखेको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार १८.८० प्रतिशत सहभागीले टेलिभिजनलाई सूचना प्राप्तिका लागि पहिलो प्राथमिकता राखेका छन् । अहिलेको लकडाउनको अवस्थामा मात्र २.३० प्रतिशत सर्वेक्षणमा सहभागीले मात्रै पत्रपत्रिकालाई आफ्नो दैनिक सूचना प्राप्तिको पहिलो प्राथमिकता मानेका छन् ...

समाचार स्रोत :