Follow us: Youtube Android App
प्रधानमन्त्रीले फेरि पोखे सञ्‍चारमाध्यमप्रति असन्तुष्टि
१५ असोज २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको भन्दै प्रधानमन्त्रीले सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।


यसअघि पनि पटकपटक सरकारका गलत कामको सञ्चारमाध्यममा समाचार आउँदा मिडिया र सम्पादकहरूमाथि असन्तुष्टि पोखेका उनले यसपटक पनि त्यो कुरा दोहोर्‍याएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई सचेत गराउने र राम्रा कामको प्रशंसा गर्ने भन्दा पनि आलोचना मात्रै गरेको भन्दै सञ्चारमाध्यमप्रति आफ्नो असन्तुष्टि पोखेका हुन् ...

समाचार स्रोत :