जनकपुरका पत्रकार राजेश्वर नेपाली ७६ वर्षको उमेरमा समेत पत्रकारितामा सक्रिय छन् । जनकपुरको जानकी मन्दिर छेउमा रहेको जागरण छापाखानामा उनी आफूले प्रकाशन तथा सम्पादन गर्ने लोकमत साप्ताहिक पत्रिकामा सक्रिय छन् ।
आफूलाई १६ वर्ष हुँदादेखि पत्रकारितामा लागेका उनी विगत ६० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । मोफसलमा काम गर्ने उनी त्यस्ता पत्रकार हुन्, जसले समाचारको माध्यमबाट प्रजातान्त्रिक आन्दोलनमा योगदान गरे ।
पत्रकार नेपालीले तत्कालीन नेताहरू मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, भिष्मजंग केसी, बासु कोइराला, महेन्द्रनारायण निधिसहित थुप्रै नेतासँग संगत गरेका छन् । यी नेताहरूसँग नेपालीको चिनजान मात्रै थिएन, उनको घरमा समेत आउने गरेका थिए ।
नेताहरू तुलसी गिरि, कीर्तिनिधि विष्टसहित कम्युनिस्ट पार्टीका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, विष्णुबहादुर मानन्धरसँग समेत नेपालीको राम्रै चिनजान थियो । यी सबै नेताहरूको अन्तर्वार्तादेखि राजनीतिक आन्दोलनका क्रममा भएका घटना र कार्यक्रमलाई समाचार बनाएर उनी मोफसलबाट नै राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् ।
पत्रकारितामा लाग्दाका ती दिन
२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरेर निर्वाचित सरकारलाई अपदस्थ गर्दै पञ्चायती व्यवस्था लादेका थिए । जनकपुरधाम अर्थात् तत्कालीन महोत्तरी–धनुषा संयुक्त जिल्ला नेपाली कांग्रेसको लागि उर्बर भूमि थियो ...